तालिबान समूह द्धारा अफगानिस्तानको अन्तरिम सरकारको नेतृत्वमा मुल्ला मोहम्मद हसन अखुन्द चयन गरिएको घोषणा

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,भदौ २३ गते।

तालिबानले मोहम्मद हसन अखुण्डको नेतृत्वमा अफगानिस्तानमा सरकार घोषणा गरेको छ‍।

उक्त समूहका मुख्य प्रवक्ता जबीहुल्ला मुजाहिदले सरकारको नेतृत्व नेता अखुन्दले गर्ने जानकारी मङ्गलबार पत्रकार सम्मेलनमार्फत् दिएका हुन् ।

उनले यो सरकारलाई अन्तरिम सरकार भएको बताएका छन्।

लामो समयदेखि जनता सरकारका लागि प्रतीक्षारत रहेको भन्दै प्रवक्ता मुजाहितले आज सरकार गठन गरेको जानकारी दिए।

सरकारमा सराजुद्दिन हक्कानी निमित्त आन्तरिक मामिलामन्त्री बनेका छन्। यस्तै समूहका अनुसार निमित्त रक्षामन्त्री मुल्लाह याकूब र निमित्त विदेशमन्त्री आमिर खान तोकिएका छन् भने दोस्रा उपनेता मुल्लाह अब्दुल सलाम हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *