जर्मनीमा आज आमनिर्वाचन हुँदै

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असोज १० गते।

जर्मनीमा आज आमनिर्वाचन हुँदैछ।

सन् २००५ पछि लगातार १६ वर्षसम्म जर्मनीकी चान्सलर बनेकी अंगेला मर्केल यही चुनावपछि राजनीतिबाट बिदा हुँदैछन्।

मर्केलको उत्तराधिकारी छान्ने भएकाले यो चुनाव युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीका लागि एक अर्को युगको सुरूवात हुने समाचार संस्था रोयटर्सले जनाएको छ।

६७ वर्षीया मर्केलले यसअघि नै यो चुनावमा आफू नलड्ने बताएकी थिइन्।

जर्मनीको चान्सलरका लागि अहिले तीन जना उम्मेदवारले दाबी प्रस्तुत गरेका छन्।

मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियनका आर्मिन लासेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रिन पार्टीकी एनालेना बेएरबोक चान्सलर बन्ने दौडमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *