अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असोज २१ गते।
पाकिस्तान आज बिहानै भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
त्यस्तै कयौं मानिसहरु घाइते तथा संरचनाहरु भत्किएको समाचारहरुमा उल्लेख गरिएको छ । भत्किएका घर तथा संरचनाहरुमा कयौँ मानिस च्यापिएको अनुमान गरिएको छ । भूकम्प ५.९ म्याग्निच्युटको मापन गरिएको छ ।
बिहान सुतिरहेको अवस्थामा भूकम्प आएकाले धेरै मानवीय क्षति भएको बताइएको छ । हालसम्म २० को मृत्यु भइसकेको पुष्टि भएपनि भूकम्पले धेरै क्षति पुर्याएको अनुमान गरिएको छ । यद्यपि यकिन तथ्याङ्क भने आउन बाँकी नै रहेको छ ।