अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ ७ गते।
महालक्ष्मी बिकास बैंक लिमिटेड जनकपुरधाम शाखाले २८ औं वार्षिकोत्सवको दोस्रो शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। महालक्ष्मी बिकास बैंक लिमिटेड जनकपुरधाम शाखाको आयोजना तथा नेपाल रेडक्रश सोसाईटी धनुषाको सहयोगमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा दर्जनौ व्यक्तिले रक्तदान गरेका छन्।
समय-समयमा मुलुक भर रगतको चरम अभाव हुने गर्दछ । विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अति अत्यावश्यक हुने गर्दछ । रगत अभावका कारण बर्सेनी सयौं मानिसको ज्यान जान्छ।
महालक्ष्मी बिकास बैंक लिमिटेड जनकपुरधामका शाखा कार्यालयका प्रवन्धक रबिन्द्र कुमार मिश्रले भने रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको बताए।
महालक्ष्मी बिकास बैंक लिमिटेडले बिगत लामो समय देखि जनकपुरधाम आसपासका जनतालाई बैकिंङ सेवा प्रदान गर्दै आएको छ । बैंकले हाल मुद्दती खातामा १२ प्रतिशत, बचत वृद्धि खातामा ८ .५५ प्रतिशत ब्याज दिदै आएको छ ।
रक्तदान कार्यक्रममा महालक्ष्मी बिकास बैंक लिमिटेड जनकपुरधाम शाखा सम्पूर्ण कर्मचारी, सेवाग्राही, संघ संस्थाका प्रतिनिधि, पत्रकार तथा सर्वसाधारणको राम्रो उपस्थिति रहेको थियो ।