अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्री पदबाट दिए राजीनामा

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार २२ गते।

अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएका छन् ।

गत जेठ १४ गते आगामी आर्थिक बर्षको बजेट निमार्णको क्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गरी करका दर हरफेर गरेको बिषयमा संसदीय छानबिन समिति गठन भएपछि अर्थमन्त्री शर्माले राजिनामा दिएका हुन ।

उनले संसदमा बोल्दै आफुबाट कुनै गल्ती नभएको र संसदीय छानबिन समितिलाई सहयोग गर्ने बताए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *