अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार २३ गते।
बाजुरा जिल्लाको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न आज मतदान सुरु भएको छ ।
बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको थियो । मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको हो ।
सोही अनुसार बुढीगंगा नगरपालिकामा १० वटा बुथका १९ वटा मतदान केन्द्रबाट मतदान भइरहेको छ । मतदानका लागि नगरको सुरक्षा कडा पारिएको छ ।