क्यानडाविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल पराजित

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार २३ गते।

क्यानडाविरुद्धको दोस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपाल पराजित भएको छ ।

बुधबार राति किङ सिटी स्टेडियममा १८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटियो ।

नेपालका ब्याटर देव खनालले सर्वाधिक २६ रन  बनाए । पवन सर्राफले १४, विनोद भण्डारी, बसिर अहमेद र आदील आलम समान १३ रन, कप्तान सन्दीप लामिछानेले  ११ रन बनाए ।

रोहित पौडेल ६, करण केसी ५, कुशल भुर्तेल १ रनमा आउट हुँदा दिपेन्द्र सिंह ऐरी र आरिफ शेख खाता खोल्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाउदै १८८ रनको योगफल तयार पारेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *