न्युजिल्याण्ड पठाइदिने भन्दै ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार २२ गते।

न्युजिल्याण्ड पठाइदिने भन्दै ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुढानिलकण्ठ नगरपालिका-३ बस्ने २७ वर्षीय शोभा पौडेललाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।

उनले सिन्धुली दुधौली नगरपालिका-१ बँका घर भई काठमाडौंको तीनकुने बस्ने ३१ वर्षीय नारायण बोगटीसहित ९ जनालाई ठगी गरेको आरोप छ।

उनले प्रत्येक व्यक्तिलाई १२ लाख ५० हजार रुपैयाँ लाग्छ, त्यहाँ पुगेर प्रतिष्ठित कृषि कम्पनीमा फ्रुट किपिङको काममा लगाइदिन्छु भनेकी थिइन्।

मासिक तलब एक लाख ७० हजार रुपैयाँसम्म हुने भन्दै उनले ६३ लाख रुपैयाँ रकम लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी दिनेशकुमार आचार्यले जानकारी दिए ।

वैदेशिक रोजगार विभागबाट कार्यालयलाई पत्राचार गरेपछि प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *