अनलाईन न्युजपाटी बिरगंज,समाचारदाता,असार २२ गते।
पर्साबाट लागूऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश मउ कमलसागर गोपालपुर निस्फीका ३० वर्षीय रविकान भारती र भारत विहार जिल्ला बेतीया पश्चिम चम्पारण डाकघर तेलुवा १० का २८ वर्षीय सुनिल भारती रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वीरगञ्ज महानगरपालिका २८ बगहीको बाटो हुँदै लागूऔषध गाँजा ओसार पसार भइरहेको सूचनाको अधारमा मंगलबार राति १० बजे प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरीबाट खटेको टोलीले वीरगन्ज २८ बगही गेट नजिकबाट दुवैजनालाई ९० केजी गाँजासहित पक्राउ गरिएको छ ।
चेक जाँच गर्दा गाँजा बरामद गरिएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।