प्रदेश नम्बर १ लोक सेवा आयोगले अधिकृत माग्दै खुलायो दरखास्त

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख १९ गते।

प्रदेश नम्बर १ लोक सेवा आयोगले विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका पदहरूमा दरखास्त आह्वान गरेको छ।

प्रशासनतर्फ अधिकृतमा ३७ जनाको माग भएको छ।

यस्तै इन्जिनियरमा ९ जनाको माग भएको छ।

कृषितर्फ सहायक कृषि प्रसार अधिकृतमा ११ जना माग भएको छ भने सहायक बाली विकास अधिकृतमा दुई जना माग भएको छ। बाली संरक्षण र बागबानीमा एकेक जना अधिकृत माग भएको छ।

यस्तै भेटेरेनरीतर्फ सहायक पशु चिकित्सकमा ५ जना र शिक्षातर्फ अधिकृतमा ८ जना माग भएको छ।

लिखित परीक्षा प्रशासनतर्फ अधिकृतका लागि साउन ७ गते अपरानह ३ बजे हुनेछ भने इन्जिनियरका लागि साउन १३ गते अपरान्ह ३ बजे परीक्षा हुनेछ।

जेठ २ गतेसम्म इच्छुकले दरखास्त दिन पाउनेछन्। परीक्षा केन्द्र विराटनगरमा हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *