अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन १३ गते।
सशस्त्र प्रहरी बल भर्ना तथा छनौट शाखाले आज एक सूचना जारी गर्दै सशस्त्र प्रहरी बलमा रिक्त रहेका प्राविधिक समूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानवस्रोत विभागले २२ जना चिकित्सक र ४६ जना स्टाफ नर्सको माग गरेको हो ।
साउन १३ गतेदेखि भदौ १४ गतेसम्म दरखास्त दिन सकिने छ ।