मधेस प्रदेश द्धारा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर २९ गते।

प्रदेश लोक सेवा आयोग मधेस प्रदेशले प्रदेश निजामती सेवाको सहायक पाँचौं तह (अप्राविधिकरप्राविधिक) पदका लागि आवेदन खुलाइएको हो ।

प्रदेश निजामती सेवाका विभिन्न सेवा, समूह, उपसमूह तथा तहका रिक्त पदको खुला, समावेशी तथा अन्तर सेवा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ ।

न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । पुस २० गतेसम्म आवेदन दिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *