अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,पुस १७ गते।
अन्तराष्ट्रिय नयाँ वर्ष २०२२ मनाउन जानकी मन्दिरमा भारतीय नागरिकको घुँइचो लागेको छ ।
भारतको विहार राज्यको विभिन्न स्थानबाट श्रद्धालुहरु जानकी मन्दिरमा दर्शन गर्न आएका छने् भने आउने क्रम जारी रहेको छ ।
भारतको विहारको विभिन्न स्थानबाट श्रद्धालुहरु जानकी मन्दिरमा पूजापाठ गर्न पुगेका छन् ।
कोरोनाको कारण पछिल्लो दुई वर्ष देखि प्रभावित हुँदै आएको नयाँ वर्षमा यस पटक कोरोना संक्रमण कम रहेको समय भारतीय पर्यटकहरु जनकपुरधाम आएका छन् । भारतको विहार र नेपालका आन्तरिक पर्यटकहरु समेत जानकी मन्दिरमा आज आएका हुन् ।