अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा समाचारदाता, माघ १९ गते।
केहि हप्ता अगाडि सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर २ पटना टोलमा घरायसी विवाद हुँदा बुवाले आफ्नै छोरालाई बन्चरो प्रहार गरेर हत्या गरेका थिए।
उक्त शोकाकुल परिवारलाई नेपाल विद्यार्थी संघका युवा नेता तथा स्थानीय समाजसेवी पप्पु कुमार यादवको विशेष पहलमा राहत सहयोग गरेका छन्। ११ गते मंगलवार बिहान ६० वर्षीय सोनाई सदायले बञ्चरो प्रहार गरी आफ्नै ३० वर्षीय जेठो छोरा परमेश्वर सदायको हत्या गरेका थिए ।
स्वर्गीय सदायको एक श्रीमती र २ छोरा र ३ छोरी छिन घरको कामाउने बुवा गुमिसके पछी ऊनीहरुलाई हातमुख जोडन गाह्रो भएको छ। उक्त शोकाकुल परिवारलाई दु:ख हेर्न नकसिदा स्थानीय नेबि संघका युवा नेता पप्पु कुमार यादवको विशेष पहलमा हात मुख जोडन राहत सहयोग गरेका छन।
समाजसेवीहरुको एक समुहले पीडित रेखा सदायकि लागि ३ थान कमल,१ बोरा चामल,३ हजार नगद रुपैया दिएर सहयोग गरेका छन्। नेपाल रेडक्रस लहान सखाको सभापति फुलेश्वोर महतो र कोषाध्यक्ष जय कृष्ण यादव,स्थानीय तथा नेपाली काङ्ग्रेसका वडा सभापति हरे राम यादव,नेपाल विद्यार्थी संघका युवा नेता पप्पु कुमार यादवको विशेष पहलमा राहत सहयोग भएको छ।