अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १९ गते।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्मै बदली रहने छ।
आजराति पश्चिम नेपालबाट वर्षा–हिमपात गराउने मौसम प्रणाली पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने भएको छ।
यो अवधिमा असिनासहितको वर्षा र हिमपातको सम्भावना भएकाले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने सम्भावना छ ।
यसको बढी असर काठमाडौं उपत्यकामा बिहीबार रातिदेखि देखिने छ । शुक्रबार दिनभर घाम लाग्ने छैन ।
शनिबार दिउँसोदेखि भने सुदूरपश्चिम क्षेत्रको आकाश विस्तारै खुल्ने छ । तर मध्य र पूर्व क्षेत्रमा भने यसको असर बाँकी नै रहने छ ।