प्रजातंत्र दिवसको उपलक्ष्यमा समाजसेबीहरुद्धारा वृद्ध महिलालाई साडी सहयोग

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, फाल्गुन ८ गते। 

७२ औं प्रजातंत्र दिवसको उपलक्ष्यमा समाजसेवीहरुले गरिब दलित बस्तीका एकल महिलाहरुलाई साडि सहयोग गरेर प्रजातन्त्र दिवस मनाएका छन्।सिरहाको लहान नगरपालिका वडा १ को मुसहर बस्तीमा २५ घर घुरीलाई राहत स्वरुप साडि सहयोग गरेका हुन्। श्रीमान हुमाएका महिलाहरुलाई पहिचान गरि साडि बाडेका छन।

वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरी र सहयोगी तथा समाजिक चिन्तन बोकेका सैलेश कुमार यादवले श्रीमान गुमाएका एक महिलाहरुलाई साडी सहयोग गरेर ७२ औं प्रजातन्त्र दिवस मनाएका छन्।वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरी संगै सहयोगी युवा सैलेश यादवले समाजसेवामा होमिएका छन्।

चौधरी र यादवको दिनचर्या सामजसेवामा नै बितने गरेको देखिन्छ। समाजको सेवा नै भगवानको पुजा हो भन्दै सामजसेवी दोई ओहोरात समाजसेवामा लागेका हुन्।समाजको भलो नै असल मानवको दाईत्व हो।उनीहरु समाजसेवा गर्दा गर्दै निकै चर्चा बटुलेका हुन्।वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरी संगीता कर्माचार्य स्मृति प्रतिष्ठानको अध्यक्षको जिम्मेवारी समेत समहाल्दै आएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *