आज रामनवमी पर्व मनाईदै, देशभर सार्वजनिक बिदा

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,चैत्र २७ गते।

मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा चैत्र शुक्ल नवमीका दिन मनाइने “रामनवमी” पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।

सत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ ।

चैत्र शुक्ल नवमी अर्थात रामनवमीको अवसरमा आज विहानैदेखि जनकपुरको राम मन्दिर ,जानकी मन्दिर, जनक मन्दिर लगायतमा पुजा अजा गर्ने श्रधालु भक्तजनहरुको घुइँचो लागेको छ ।

त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा “व्रतार्क” नामक धर्मग्रन्थमा उल्लेख छ । अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गर्नुभएको थियो ।

नेपाल सरकारले रामनवमीको अवसरमा सार्वजनिक बिदा दिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले हिन्दु धर्मावलम्बीहरुको अराध्य मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मोत्सव (रामनवमी)को अवसरमा सम्पूर्ण हिन्दु धर्मावलम्बी एवं प्रदेशवासीहरुमा हार्दिक मंगलयमय शुभकामना व्यक्त गर्नु भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *