चुनावी चर्चामा जनमत पार्टी युवा नेता कृष्णनगरको मेयर ओझा

अनलाईन न्युजपाटी,धर्मेन्द्र कुमार कुर्मी,कपिलवस्तु,समाचारदाता,चैत्र२७ गते।

कृष्णनगर नगरपालिका वडा नं. १२ नरैनापुर निवासी (हाल कृष्णनगर-२) का युवा,समाजसेवी तथा युवा नेता मनोज कुमार ओझा नगरपालिका कृष्णनगरको युवा मेयर पदका लागि चर्चा चलेको छ ।

कपिलबस्तु जिल्लाको पिछड़िएको पश्चिमी क्षेत्रमा पर्ने कृष्णनगर नगरपालिकाको मुख्य बजार कृष्णनगर क्षेत्रमा एक दशक भन्दा बढी समय देखि पत्रकारिता गरी कृष्णनगर आसपासको सम्पूर्ण क्षेत्रलाई परिचित समेत गराउने कार्य युवा नेता मनोज कुमार ओझाले गरेर आफ्नो एक अलग पहिचान बनाउन सफल भएका छन ।

डा.राउतले जनमत पार्टी दर्ता गरे पछि ओझाले सक्रिय रूपमा जनमत पार्टीमा लागेर हाल कृष्णनगर नगरपालिका क्षेत्रमा जनमत पार्टीलाई चिनाउना पनि सफलता प्राप्त गरिसकेका छन । ओझा जनमत पार्टी भ्रष्टाचार निवारण बिभाग जिल्ला अध्यक्ष पनि बन्न सफल भएका छन ।

युवा नेता ओझा ले कृष्णनगर-१० बकौली गाऊको बिधालयमा शिक्षक पदमा रही आधा दशक भन्दा बढी शिक्षा क्षेत्रमा पनि योगदान गर्नु भएका छन । वर्तमान समयमा खोज न्युज टुडे नामक साप्ताहिक पत्रिकाका संचालक, ब्राईटवे इंग्लिश बोर्डिंग स्कूल कृष्णनगर क्षेत्रमा संचालन गरी संस्थापक अध्यक्ष पनि छन ।

हाल नगरपालिकाको हरेक गांऊको चौक, चौकमा जनमत पार्टीको युवा मेयर पद प्रत्याशीको रुपमा मनोज कुमार ओझाको ब्यापक चर्चा भैरहेको स्थानीय, बुद्धिजीवी,शिक्षाप्रेमी र युवाहरूले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *