प्रधानमन्त्री इमरान खान सरकार सत्ताबाट बाहिर भए

अनलाईन न्युजपाटी एजेंसी,समाचारदाता,चैत्र २७ गते। 

पाकिस्तानको राष्ट्रिय सभामा अविश्वासको प्रस्ताव सफल भएपछि प्रधानमन्त्री इमरान खान सत्ताबाट बाहिर भएका छन् ।

शनिबार अबेर राति राष्ट्रियसभामा इमरान खान सरकारविरुद्ध अविश्वासको प्रस्ताव भएको थियो, जसमा १७४ सदस्यले प्रस्तावको पक्षमा मतदान गरेका थिए।

इमरान खानले आफूलाई सत्ताबाट हटाउन अमेरिकाको नेतृत्वमा षड्यन्त्र रचिएको दाबी गरेका छन् । उनले नयाँ सरकारलाई स्वीकार गर्न अस्वीकार गरेका छन् । पाकिस्तानको इतिहासमा प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव सफल भएको यो पहिलो पटक हो ।

सोमबार पाकिस्तान एसेम्बली मार्फत नयाँ प्रधानमन्त्रीको चयन हुनेछ । नयाँ प्रधानमन्त्रीले आगामी निर्वाचनसम्म अर्थात् अक्टोबर २०२३ सम्म पदभार ग्रहण गर्नेछन्।

पीएमएल-एनका नेता शाहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री हुने विश्वास गरिएको छ । शाहबाज सरिफ हाल पाकिस्तानको राष्ट्रिय सभामा विपक्षी दलका नेता छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *