महिलाको रकम लुटेर फरार रहेका दुई युवा जनकपुरधाममा पक्राउ

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन १२ गते।

महिलाको रकम लुटेर फरार रहेका दुई युवा जनकपुरधाममा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ७ बस्ने २७ वर्षीय जितेन्द्रप्रसाद साह र २१ वर्षीय दीपेन्द्र मण्डल छन् । प्रहरीले पक्राउ परेका दुवै जनालाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

बिदेशबाट आएको दुई लाख रुपैयाँ गत सोमबार मिल्स एरिया स्थित रहेको एभरेष्ट बैँकबाट झिकेर गइरहेकी सबैला नगरपालिका ४ घर भई जनकपुरधाम उपमहानगरपालिका १ मा बस्दै आएकी शर्मिला देवी प्लाष्टिकको झोलामा मोबाइल र पैसा लिएर आउँदै गरेकोमा झोला लुटेर दुई युवक फरार भएका थिए ।

यो घट्नाको विषयमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *