अनलाईन न्युजपाटी महेश सिंह,सिरहा समाचारदाता,साउन २४ गते।
सिरहाको नापी कार्यालय लहानद्धारा हजारौं जग्गा धनीहरुलाई गाउँ बलक जग्गा धनी लालपुर्जा वितरण गरेका छन्। बर्सौ बर्ष देखि लाल पुर्जाबाट बन्चित रहेका गाउँ बलक जग्गा धनीहरुलाई नापी कार्यालय लहानद्धारा वितरण गरिएका छन्।
सिरहा लहान नगरपालिका १९ र धनगढीमाई नगरपालिका वडा नम्बर १ का ३२४ जना र वडा नम्बर २ का ११९ लगायत अन्य वडाहरुमा वितरण गरिएको कार्यालय प्रमुख संजय कुमार सिंहले बताए।
नापी कार्यालय लहानले ५८ वटा पुरानो गा.बि.स हेर्ने गरेका छन्। धनगढीमा वडा अध्यक्ष सुर्य नारायण यादवको नेतृत्वमा वितरण गरिएको थियो भने वडा नम्बर २ का अध्यक्ष मोहम्मद हमिद मियाँ, र लहान १९ का अध्यक्ष मोहम्मद करुदिन राईनको नेतृत्व र अध्यक्षता गाउँ बलक प्रमाण पत्र लाल पुर्जा वितरण गरिएको र सरकारी दर रेट अनुसार लाल पुर्जा बापत ५५ रुपैयाको रसिद काटेर पुर्जा वितरण गरिएका छन्।
लाल पुर्जाबाट बन्चित रहेका जग्गा धनीहरुले गाउँ बलक पुर्जा आउँदा आफु खुशी रहेको बताए। आफुहरु सहज रूपमा पुर्जा पाउदा नापी कार्यालयका प्रमुख र कार्यालय प्रति अभारी रहेको बताए।