अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २४ गते।
असमान तरिकाले कर्मचारीको तलव वृद्धि गरेको भन्दै नायब सुब्बा (नासु)हरु आन्दोलित भएका छन् ।उनीहरुले बजेट घोषणा विपरित असमान ढंगले कर्मचारीहरुको तलव वृद्धि गरेको विरोधमा आज देशभरिका नासुहरु बिदामा बसेका छन् । हिजो सिंहदरबारमा ‘पेन डाउन’गरेका थिए भने, आज बिदामा बसेका छन् ।
असमान तलब वृद्धि र निजामती सेवा ऐनको विषयमा नासु कर्मचारी आन्दोलित हुँदै आएका छन् । उनीहरुले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक/अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग उनीहरुको छ ।
नायब सुब्बा (नासु)हरु आन्दोलित भएका भिडियो हेर्न यहाँ