अनलाईन न्युजपाटी महेश सिंह,सिरहा समाचारदाता,साउन २४ गते।
सिरहाको बरियारपट्टी गाउँ पालीकामा हटाइएका करार कर्मचारीहरु द्धारा १५ दिन देखि धर्नामा बसेका छन्। पालिकामा कार्यरत रहेका करार कर्मचारीहरु गाउँपालीकाको निर्णय विरुद्ध शान्तिपुर्ण धर्नामा बसेका छन्।
बरियारपट्टी गाउँ पालीकाको परिसरमा करार कर्मचारीहरुले पुनः काजमा बहाली गर्न माग राख्दै हकहित संघर्ष समितिले पालिकामा धर्ना दिएका छन्।
श्राबण ५ गते देखि लगातार विना कुनै निर्णय करार कर्मचारीहरुलाई काममा नलगाएको र करार म्याद नथपेको भन्दै पुनः काममा फर्काउको लागी दबाब स्बरुप धर्ना कार्यक्रम संचालन गरेको धर्नामा सहभागि कर्मचारी राम प्रकाश मण्डलले बताउनु भयो ।
त्यसैगरी अर्को कर्मचारी कृष्ण कुमार यादबका अनुसार हामीलाई विना सुचना हटाएर हामी माथी अन्याय भएको र हामीहरुको बारेमा अहिले सम्म कुनै पनि किसिमको सोध पुछ गर्न पालीकाबाट कोही पनि नआएको भन्दै दुःख पोखेका थिए ।
अहिले देशभरीनै करार कर्मचारीहरुलाई हटाएर पुनः भर्ना गर्ने अभियान चलेकै वेला संघिय मंत्रालयले समेत करार कर्मचारीलाई फर्काउन र सर्वोच्च अदालतले समेत काममा खटाउन आदेश गरे पनि पालीकाहरुले आनाकानी गरी गैर जिम्मेबारी देखाएको छ ।
यस सम्बन्धमा गाउँपालीका अध्यक्ष संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। अन्य कर्मैचारीहरुले हामीलाई यस सम्बन्धमा कुनै जानकारि नभएको बताए ।