महेन्द्र मोरङ क्याम्पस विराटनगरका आंशिक प्राध्यापकहरुको अनिश्चितकालिन तालाबन्दी

अनलाईन न्युजपाटी महेश सिंह,सिरहा समाचारदाता,साउन २६  गते।

त्रिभुवन विश्वविद्यालयसँगको सम्झौता गरेको २ वर्ष भए पनि कार्यन्वयन नभएको भन्दै विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका आंशिक प्राध्यापकहरुले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् ।

महेन्द्र मोरङ क्याम्पस विराटनगरका आंशिक प्राध्यापकहरुको व्यवस्थापन पारिश्रमिक सम्बन्धमा त्रिविले गरेको सम्झौता कार्यन्वयनमा नभएको भन्दै उनीहरुले अनिश्चितकालका लागि क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् । आंशिक प्राध्यापकहरुको माग सम्बोधन हुने गरी त्रिविले क्याम्पससँग गरेको ७ बुँदे सम्झौता कार्यन्वयन हुनुपर्ने उनीहरुको माग छ ।

त्रिविसँग क्याम्पसले सम्झौता गरेको २ वर्ष भयो । तर, हालसम्म उक्त सम्झौता कार्यन्वयन भएको छैन्,’ प्राध्यापक रामकुमार मेहताले भने, ‘बुधबार तालबन्दी गरेका छौं । बिहीबारदेखि पठनपाठन बहिष्कार गर्ने योजना छ।’

क्याम्पस प्रशासनले सम्झौता कार्यन्वयनमा चासो नदेखाएपछि आंशिक प्राध्यापकहरु पुनः आन्दोलित बनेका छन् । ‘क्याम्पसले गरेको सम्झौता कागजमै सिमित भयो,’ प्राध्यापक भबिष्य मिश्राले भने, ‘हामी धेरै पर्खियौं । अब पर्खिदैनौं । हाम्रो माग सम्बोधन नभए आमरण अनशन बस्छौं । तालाबन्दी पनि माग सम्बोधन नहुन्जेल रहन्छ ।’

गतवर्षको असार २० गते पनि क्याम्पस प्रमुख कार्यकक्षमा तालाबन्दी गर्दै प्राध्यापकहरुले अनलाईन कक्षा समेत स्थगित गरेका थिए । ३ सुत्रीय माग अघि सार्दै प्राध्यापकहरु क्याम्पसको मुलद्धारमा धर्ना बसेका थिए । हाल उनीहरु क्याम्पसको प्रशासनिक भवन अगाडि रिले अनशन बसेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *