अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,कार्तिक ३ गते।
स्रोत नखुलेको २० लाख रुपैयाँसहित धनुषाबाट दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरी घर भएका २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंगप्रसाद गुप्ता छन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीका अनुसार मंगलबार राति प्र–०१–०२–०४६ प.५६३१ नम्बरको मोटरसाईकलमा सबार भएर जाँदै गर्दा धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुर स्थित नहरचोकमा चेकजाँच गर्ने क्रममा कालो रंगको झोला भित्र श्रोत नखुलेको २० लाख रुपैयाँ बरामद भएको हो ।
आरोपीहरुलाई थप अनुसन्धान र कारवाहीका लागी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग काठमाडौंमा पठाइएको डीएसपी क्षेत्रीले जानकारी दिए ।