धनुषामा विंङ्गर र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस ७ गते।

बुधबार साँझ धनुषामा विङ्गर गाडी र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको सहिदनगर नगरपालिका ५ धवौलीका २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डल रहेको धनुषा प्रहरीले जनाएको छ ।

बुधबार साँझ ७ बजेको समयमा धनुषाको बिरेन्द्रबजार महिनाथपुर सडकखण्डको सवैला नगरपालिका १० सिमरारी र शहिदनगर नगरपालिकाको हौवाहीको बीच खण्डमा ना.५ज.८४४० नम्बरको विंङ्गर र ज.११ प.५४७३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

एक युवकको घटनास्थलमै र अर्काको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

दुवैजनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *