कोरोना संक्रमण बढेपछि लोक सेवा आयोगको लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ ६ गते।  

कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै लोक सेवा आयोगले माघ मसान्तसम्म लिखित परीक्षाहरु स्थगित गरेको छ ।

आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

देशव्यापी कोरोना सङ्क्रमण बढ्दै गएको र परीक्षार्थी तथा कर्मचारी नै सङ्क्रमित हुने क्रम बढिरहेकोले परीक्षा केही दिनका लागि सार्नुपर्ने आवाज उठेको थियो ।

यही माघ ११ गतेदेखि उप–सचिवको परीक्षा तय भएको थियो, भने संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । तर, उक्त परीक्षाहरु हाललाई स्थगित गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *