आज थपिए १२ हजार ३३८ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ ६ गते।  

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १२ हजार ३३८ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु  भएको छ भने ६४९ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *