अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, माघ ७ गते।
यसै वर्ष अक्टोबरमा हुने टी–२० विश्वकपको तालिका आईसीसीले सार्वजनिक गरेको छ । अक्टोबर २२ देखि यसको सुरुवात सिड्नी क्रिकेट मैदानमा अस्ट्रेलिया र न्युजिल्याण्डबीचको खेलबाट हुनेछ । अक्टोबर २३ मा मेलबर्न क्रिकेट ग्राउण्ड मा भारत र पाकिस्तानको क्रिकेट टोली आमने सामने हुँदैछन् । विश्वकपमा एसियाका दुई टोलीले एमसीजीमा खेल खेलेको यो पहिलो पटक हो ।
टी-२० विश्वकपको आठौं संस्करण अक्टोबर १६ बाट सुरु हुने भएपनि क्वालिफायरका खेल मात्र अक्टोबर २१ सम्म हुनेछन् । यो विश्वकप अस्ट्रेलियाको सात क्रिकेट मैदानमा खेलाइने छ र फाइनल नोभेम्बर १३ मा एमसीजीमा हुनेछ ।अष्ट्रेलियामा पहिलो पटक हुन लागेको पुरुष टी–२० विश्वकपमा कुल १६ टोलीले ४५ खेल खेल्नेछन् ।
भारतलाई समूह-२ मा राखिएको छ, जहाँ उसले पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका, क्वालिफायर समूह बी को विजेता र क्वालिफायर समूह ए को उपविजेतासँग खेल्नेछ।