अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ ७ गते।
हाल देशभर आंशिक देखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षा/हिमपात भईरहेको छ ।
आज दिन भर देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्यतया बदली रही तराईका भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना छैन जल तथा मौसम विज्ञान विभागको ट्वीट पोस्ट गरिएको छ । साथै लेखिएको छ ” मौसम सजग बनौं, मौसम सचेत बनौं “।