अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ ७ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परिक्षनमा १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७ सय ६६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १९ हजार ५७५ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ ।