अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ २० गते।
आज पछिल्लो २४ घण्टामा ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ९५ हजार ०६३ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ८७ हजार ४४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७७८ पुगेको छ ।