सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइयो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन ९ गते। 

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा सरकारले बढाइएको छ ।

ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडी सहित थप सुरक्षाकर्मी परिचालन गरेको छ ।

सञ्चार मन्त्री कार्कीले फागुन ८ मा अर्थमन्त्रीको तर्फबाट प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गरेका थिए ।

एमसीसीको विरोध गर्नेहरूले आक्रमण गर्न सक्ने सुरक्षा विश्लेषणका आधारमा गाडीसहित सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *