काठमाडौको नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोध प्रदर्शन सुरु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १२ गते।

काठमाडौको नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोध प्रदर्शन सुरु भएको छ ।

काठमाडौको माइतीघरमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरु भेला भएर नाराबाजीसहित र्यालीसहित प्रदर्शन गर्दै संसद भवन नयाँ बानेश्वरतर्फ लागेका छन् ।

उनीहरुले बिहीबार निषेधित क्षेत्र तोडेर संसद भवन घेराउ गर्ने बताएका छन् ।

सत्तारुढ दलका जनवर्गीय संगठनबाहेक विप्लव समुह, क्रान्तिकारी माओवादीलगायतका ६ राजनीतिक दलहरुले पनि बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने जनाएका छन् । राजावादी पार्टी राप्रपाले समेत एमसीसीको विरोधमा प्रदर्शन गर्दै आएको छ ।

विरोध प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर आसपासका सडकमा प्रशासनले सुरक्षा तैनाथी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *