अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, फाल्गुन १२ गते।
रुसले युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका छन् ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन छिमेकी मुलुक युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका छन् ।
युक्रेनको सेनाले एक बयान जारी गर्दै रुसको सेनाले देशको पूर्वी भागमा उसको इलाकामा बमबारी गरेको जानकारी दिएको छ ।
बयानका अनुसार रुसले राजधानी किएफको नरदिर बोरिसपिल विमानस्थल र अन्य विमानस्थलमा मिसाइल हमला गरेको छ । सेनाको बयानमा युक्रेनको वायु सेना रुसको हवाई हमलाको सामना गरिरहेको बताइएको छ । रुसी प्याराट्रूप्स देशको दक्षिण बन्दरगाह शहर ओडेसामा उत्रिएको भन्ने खबरलाई भने युक्रेनको सेनाले अस्विकार गरेको छ ।
पुटिनको यो घोषणासँग रूस र युक्रेनको तनाव नयाँ चरणमा पुगेको छ।