अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २० गते।
काठमाडौं उपत्यकामा कोभिड-१९ संक्रमणका कारण लगाइएको स्मार्ट लकडाउन पूर्णरूपमा हटेको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै पूर्णरुपमा प्रतिबन्धात्मक व्यवस्था हटाइएको जनाएको छ ।

पछिल्लो समयमा कोरोना सङ्क्रमण घट्दै गएको यही २१ गते शनिबारदेखि लागू हुनेगरी कानून बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्न-गराउन उक्त आदेशमा भनिएको छ । आदेशमा यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरिएको छ ।