अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २९ गते।
डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा मोरङमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा मोरङ सुन्दरहरैँचा नगरपालिका ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी रहेका छन्।
मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गणेशपुरकी बालिकामाथि शुक्रबार दुवै अभियुक्तले बलात्कार गरेका थिए। यसपछि उनीहरू दुवैले बालिकाको टाउकोमा ढुंगा प्रहार गरेका थिए। बालिकालाई गम्भीर घाइते अवस्थामा घर नजिकैको झाडीमा फेला पारिएको थियो। उनीहरूविरुद्ध प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाएको छ।
गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा फागुन २८ गते शनिबार मृत्यु भएको थियो।