दुई वटा हात्ती सहित तीनजना पर्साबाट पक्राउ

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,चैत्र १३ गते।

बिक्री वितरणको लागि हात्तीहरू नेपालबाट भारत तर्फ हात्ती लैजाँदै गरेको अवस्थामा हात्ती सहित तीनजना पर्साबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१८ जितपुरका ६० वर्षीय बुदिराम महतो (माउते), ४० वर्षीय राजु कुमाल (माउते) र पर्साको पकहामैनपुर गाउँपालिका–५ सबैठवाका ३५ वर्षीय सफरोज आलम रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

नेपालबाट भारततर्फ बिक्री वितरणका लागि हात्ती लैजाँदै गरेको सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको प्रहरी टोलीले शनिवार दिउँसो १२ बजे पर्साको पकहामैनपुर गाउँपालिका–५ पोखरिया टोलमा दुईटा हात्ती लैजाँदै गरेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका तीनैजना र हात्तीलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *