१६ लाख नगदसहित दुई जना बालाजुबाट पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख १७ गते।

१६ लाख नगदसहित दुई जना बालाजुबाट पक्राउ परेका छन्।

चितवन भरतपुर महानगरपालिका-११ घर भई तनहुँ बन्दिपुर बस्ने ३१ वर्षीय दिपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने २३ वर्षीय सागर जादव पक्राउ परेका हुन्।

शनिबार बिहान पौने ३ बजे काठमाडौं महानगरपालिका-१६ माछापोखरी कुमारीस्थानस्थित सडकबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षकले जानकारी दिए।

उनीहरूमाथि प्रहरी बृत्त बालाजुले थप अनुसन्धान अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *