विभिन्न हात-हतियारसहित चार जना रूपन्देहीबाट पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख १८ गते।

विभिन्न हात-हतियारसहित चार जनालाई रूपन्देहीबाट प्रहरीले पक्राउ गरेको छ।

देवदह नगरपालिका-६ सताकखोलाका ३६ वर्षीय गणेश राना, ४६ वर्षीय कृष्णबहादुर कामु, ४९ वर्षीय सुनबहादुर आले र ३६ वर्षीय चेत बहादुर दर्लामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।

उनका अनुसार शनिबार देवदह नगरपालिका-६ भलुही स्थित उजेरी पाल्पाली सामुदायीक वनबाट उनीहरूलाई  पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई सात नाल भरूवा बन्दुक र त्यसमा लाग्ने १२१ पिस छर्रा, ३२७ ग्राम वारूद, ७५ पिस केप र दुर्ई थान फलामको चक्कुसहित नियन्त्रणमा लिएको प्रहरीले बताए।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *