अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ १२ गते।
आज पछिल्लो २४ घण्टामा देशभर २१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ३२९ जना पुगेका छन् ।
नेपालमा कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६७ हजार २४ जना पुगेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण नेपालमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेका छन् ।