प्रदर्शनकारीहरुले श्रीलंकामा राष्ट्रपतिको सरकारी निवासमा घेराउ गरे

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,असार २५ गते।

प्रदर्शनकारीहरुले श्रीलंकामा राष्ट्रपतिको सरकारी निवासमा घेराउ गरेका छन् ।

रदर्शनकारीको भिडले राजधानी कोलम्बोमा प्रदर्शन गर्दै प्रहरीको अवरोध पन्छाउँदै राष्ट्रपतिको निवाससम्म पुगेर शनिबार प्रदर्शन गरेको हो ।

आर्थिक संकट बढेर चरम भोकमरी र अस्तव्यस्तको अवस्था आएपछि राजधानी कोलम्बोमा ठूलो भीड जम्मा भएको छ । उक्त ठूलो भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको समाचार विवरणहरुमा जनाइएको छ ।

केही वर्षयता आर्थिक अभाव झेल्दै आएको श्रीलङ्काले अहिले खाद्यान्न, इन्धन र औषधि लगायत अत्यावश्यक वस्तुकै अभावको सामना गरिरहेको छ ।

प्रदर्शनहरु दिनदिने उग्र हुँदै गएका छन् ।

केही प्रदर्शनकारीहरू राष्ट्रपति भवनको पर्खालमा चढेर भित्र प्रवेश गरेका थिए । उनीहरूले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *