अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ७ गते।
आज पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४५ हजार ५७४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एकको मृत्यु भएको छ ।
नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९४ रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय १७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७९ हजार ७७४ पुगेको छ ।