अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज १४ गते।
आज पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५१ हजार ७९७ पुगेको छ ।
त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भने भएको छैन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८६ हजार ७२० पुगेका छन् ।