अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज २८ गते।
चितवनको एक जुस उद्योगमा आज बिहान ४ बजे आगलागी भएको छ ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका-१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ ।
आगो अझै नियन्त्रणमा आएको छैन ।
आगो निभाउन खैरहनीका दुई र भरतपुरको एउटा दमकल तथा एउटा डोजर प्रयोग गरिएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।