नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट औपचारिक रुपमा सुरु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज २८ गते।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट औपचारिक रुपमा सुरु हुँदैछ ।

कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा रंगशालामा  विशेष समारोहकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४:०० बजे उद्घाटन गर्नुहुनेछ ।

उद्घाटनमा ओलम्पियन टिका बहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्ने छन् । मार्चपास, झाँकी, गीत, नाचगान लगायतको कार्यक्रम रहेको छ ।

औपचारिकरूपमा आज उद्घाटन हुने भए पनि केही खेल यसअघि नै सुरु भइसकेका छन् । हालसम्म बागमती प्रदेशले चार स्वर्ण र एक रजत, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण र तीन रजत तथा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले एक स्वर्ण, तीन रजत र छ कास्य प्राप्त गरेको छ ।

त्यस्तै सुदूरपश्चिमले एक स्वर्ण र तीन कास्य, नेपाल पुलिसले एक स्वर्ण, प्रदेश नं १ ले तीन कास्य तथा आयोजक गण्डकी प्रदेशले एक कास्य प्राप्त गरिसकेको छ । प्रतियोगितामा कुल पदक सङ्ख्या स्वर्ण तीन सय ९३, रजत तीन सय ९३ र कास्य छ सय रहेको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *