लुम्बिनी प्रदेशमा स्थानीय तहका लागि कर्मचारी माग

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज २८ गते।

लुम्बिनी प्रदेशमा स्थानीय तहका लागि कर्मचारी माग गरिएको छ।

खुला तथा समावेशीतर्फ प्रतिस्पर्धाबाट पदपूर्तिका लागि प्रदेश लोक सेवा आयोगले आवेदन माग गरेको छ।

लुम्बिनी प्रदेश सरकार तथा स्थानीय तह अन्तरर्गत रिक्त रहेका पदहरूको पदपूर्तिका लागि स्वास्थ्य सेवा, इन्जिनियरिङ सेवा, कृषि सेवा, बन सेवा र शिक्षा सेवाका लागि कर्मचारी माग गरिएको हो।

योग्यता पुगेका आवेदकलाई अनलाईनमार्फत आवेदन दिन भनिएको छ।

कात्तिक १७ गतेसम्म उमेर पुगेका योग्य नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *