अनलाईन न्युजपाटी ,एजेन्सी ,समाचारदाता,असोज २७ गते।
इराकमा आज राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
संसदको मङ्गलबारको बैठकमा बिहीबार राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम रहेको जानकारी गराएका थिए ।
सन् २००३ मा इराकमा भएको एक शक्तिको बाँडफाँट तथा हस्तान्तरणसम्बन्धी एक सम्झौताअनुसार यहाँ राष्ट्रपति पद कुर्दहरुका लागि छुट्याइएको छ ।
इराकमा केही महिनायतादेखि राजनीतिक विवाद बढ्दै गएको छ । राजनीतिक विवादको कारण यहाँका सिया र सुन्नी मुस्लिम समुदायका नागरिकहरूका बीचको आन्तरिक विवाद रही आएको छ ।