बझाङमा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक ३ गते।

बझाङमा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा मस्टा गाउँपालिका–३ की १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, १४ वर्षीय प्रचण्ड खड्का, २८ वर्षीया वसन्ती धामी कठायत, ३८ वर्षीय वीरेन्द्र आधिकारी, ७ महिने बालिका दिक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का ४२ वर्षीय झरेन्द्र बोहरा रहेका छन् ।

जीपमा सवार अन्य १८ जना घाइते भएका छन् । उनीहरु मध्ये गम्भीर अवस्थाका ३ जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

प्रहरीका अनुसार जीप दुर्घटना हुँदा सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *