यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पूजा

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक ९ गते।

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झना गर्दै आज गोवद्र्धन पूजा गर्ने गरिएको विश्वास छ ।
आज आँगनमा लिपपोत गरेर गाईको गोबरको पर्वत बनाएर त्यसलाई गोवद्र्धन पूजा गर्ने चलन रहेको छ ।

आजकै दिन बलि राजाको सम्झनास्वरुप पनि पूजा गर्ने गरिन्छ ।

आजकै दिन गोरुको पनि पूजा गर्ने गरिन्छ । गोरुले वर्षभरि जोतेर खाद्यान्न दिने भएकाले उसको पूजा गर्ने गरिएको र भगवान महादेवको साँढेका रुपमा पनि गोरुको पूजा गर्ने परम्परा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *